नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य

काठमाडाैं | फागुन ९, २०७९

नेपाललाई स्कटल्यान्डको दुई सय १३ रनको लक्ष्य

काठमाडौं:  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि स्कटल्यान्डले नेपालाई दुई सय १३ रनको लक्ष्य दिएको छ । 

 

त्रिवि क्रिकेट मैदानमा मंगलबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनायो । स्कटल्यान्डका लागि जर्ज मुन्शेले ६० रन बनाउनुभयो ।

 

आज जन्मदिन परेका जर्जले ४६ बलमा सात चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाउनुभयो ।

 

बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिनुभएको हो । करण केसीले तीन तथा कुशल मल्ल र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो ।

 

यस खेलसँगै करणले एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । नेपालका लागि यसअघि सन्दीप र सोमपाल कामीले पनि एकदिवसीयमा ५० विकेट पूरा गर्नुभएको छ । 

 

अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा आज पनि जित निकाल्ने लक्ष्यमा छ । अघिल्लो खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।

 

लिग–२ च्याम्पियन बनिसकेको स्कटल्यान्ड पनि आज जित किनाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । ३५ खेलमा ५० अंक बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । २७ खेलमा २४ अंक बनाएको नेपाल छैटौं स्थानमा छ ।

 

नेपाललाई विश्वकपमा स्थान बनाउन अबका सबै खेल जित्नु पर्ने बाध्यता छ । सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ । 

पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

थप पढ्नुहोस्

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्